चैत्र ६, काठमाण्डौ । अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु भएकामध्ये करिब ८० प्रतिशत बिरामी ६५ वर्ष र सोभन्दा माथि उमेर समूहका छन् । अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले बुधबार एक रिपोर्ट जारी गर्दै जानकारी दिएको छ । उक्त रिपोर्टले फेब्रुअरी १२ देखि मार्च १६ सम्म मृत्यु भएका बिरामीहरुको रिपोर्ट परीक्षण गरेको छ ।