चैत्र ७, काठमाण्डौ । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने देशमध्ये स्पेन चौथौं स्थानमा परेको छ। स्पेनमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार दुई पुगेको छ भने संक्रमितहरुको संख्या १९ हजार ९ सय ८० रहेको छ । यससँगै अहिलेसम्म कोरोनाबाट सबैभन्दा बढी इटालीमा ३ हजार ४ सय ५ जनाको मृत्यु भएको छ भने चीनमा ३ हजार २ सय ४८ जनाको मृत्यु भइसकेको छ ।
तेस्रो स्थानमा रहेको इरानमा अहिलेसम्म १ हजार २ सय ८४ जनाको मृत्यु भइसकेको जनाइएको छ । चीनको वुहानबाट सुरु भएको उक्त भाइरसको संक्रमणले अहिले विश्वमै महामारीको रुप लिएको छ ।