कोरोनालाई ‘जैवीक हतियार’ भन्दै चीनमाथि अमेरिकी वकिलको मुद्दा

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ चैत्र ११, मंगलबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत्र ११, काठमाण्डौ । अमेरिकी वकिल ल्यारी क्लाम्यानले कोरोना भाइरस सिर्जना गरेको र फैलाएको भन्दै चीनविरुद्ध २० ट्रिलियन अमेरिकी डलरको मुद्दा दायर गरेका छन् ।ल्यारीले ‘फ्रिडम वाच’ र ‘बज फ्रिडम’ले अमेरिकी टेक्ससस्थित जिल्ला अदालतमा यस्तो मुद्दा दर्ता गरेका हुन् । कोरोना भाइरसलाई चीनले ‘युद्धका लागि जैवीक हतियारको रुपमा डिजाइन गरेको’ कानुन व्यवसायी ल्यारीको आरोप छ ।

यसरी चीनले अमेरिकी कानुन, अन्तर्राष्ट्रिय कानुन, सन्धि तथा सम्झौताको उल्लंघन गरेको उनको दावी छ । कोरोना भाइरस पहिलो पटक चीनको वुहानमा भेटिएको थियो । जुन अहिले १ सय ८९ देशमा फैलिसकेको छ । साथै ३ लाख ३४ हजार संक्रमित छन् । साथै १४ हजार ५ सयको ज्यान गइसकेको छ । वकिल ल्यारीले आफ्नो मुद्दामा चीनले आम जनताको हत्या गर्न प्रभावकारी र विनाशकारी जैवीक हतियार बनाएको उल्लेख छ । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस