चैत्र २१, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेरी देशबासीलाई सम्बोधन गरेका छन् । भारतमा २१ दिने लकडाउन जारी रहदा मोदीले पटक पटक सम्बोधन गरेर देशबासीलाई लकडाउनको पालना गर्न अपिल गरिरहेका छन् । शुक्रबार बिहान भिडियो संदेश जारी गर्दै मोदीले कोरोनामाथि जित हासिल गर्न सम्पूर्ण देशबासीलाई नयाँ संकल्प गर्न आग्रह गरेका छन् । मोदीले कोरोनाविरुद्ध लड्न नयाँ संकल्प आवश्यक भएको भन्दै जनतासँग ९ मिनेट मागेका छन् ।
मोदीले यस संकल्पका लागि आइतबार राति ९ बजे ९ मिनेटसम्म घर भित्रको लाइट बन्द गरेर घर बाहिर मैन बत्ति, मोबाइलको लाइट यस टर्च बाल्न अपिल गर्दै अहिलेको संकटको अन्धकारलाई चुनौती दिन आग्रह गरेका छन् । मोदीले आफ्नो सन्देसमा कोरोनाको महामारीलाई रोक्न सोसल डिस्टेन्सिङको लक्ष्मण रेखालाई ननाघ्न अपिल गरेका छन् । मोदीले भनेका छन् – ‘सोसल डिस्टेन्सिङको लक्ष्मण रेखा नाघ्ने कम नगरौ । सोसल डिस्टेन्सिङ नै कोरोनामाथि जितको रामबाण औषधि हो ।’ मोदीले यस संकटमा सबै देशबासी सामुहिक शक्तिको अनुभूति गर्न आवश्यक रहेको बताए । मोदीले अहिलेसम्मको लकडाउनमा सबैले देखाएको अनुशासनको प्रसंशा गर्दै समुहिकतानै सबैभन्दा ठुलो शक्ति भएको बताए ।