माघ १८, काठमाडौं । यूरोपियन यूनियनले कोरोनाविरुद्धको खोप निर्यातमा अस्थायी प्रतिबन्ध लगाउने निर्णयलाई बेलायतले असन्तुष्टि जनाएको छ ।
बेलायती मन्त्री माइकल गोभले बेलायतले खोप निर्यात प्रति आफु विश्वस्त रहेको भन्दै निर्धारित योजना अनुसार नै कार्यक्रमले निरन्तरता पाउने बताए । उहांले फेब्रुअरी १५ सम्म १ करोड ५० लाख डोज खोप निर्यात गरिने पनि बताए ।