माघ २३, काठमाण्डौ । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खानबाद जिल्लामा भएको झडपमा परेर सरकार समर्थक १६ लडाकु र १० तालिबान लडाकुको ज्यान गएको छ ।
जिल्ला उपप्रमुख क्युट्रातुल्लाह साफीले झडपमा सरकार समर्थक लडाकुका कमाण्डर अब्दुल हाकिमसहित १६ जनाको ज्यान गएको जानकारी दिएका हुन् । तालिबान विद्रोहीतर्फ १० जना मारिएका समाचारमा जनाइएको छ । तालिबान लडाकु पाँचसहित नौ जना घाइते भएका पनि साफीले बताएका छन् ।