म्यानमारमा सैन्य ‘कू’ विरुद्ध हजारौँको प्रदर्शन

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ माघ २५, आईतबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

माघ २५ काठमाण्डौ । म्यानमारमा भएको सैन्य ‘कू’ को विरोधमा आज पनि हजारौँको प्रदर्शन भइरहेको छ ।

सैन्य कू को विरोधमा हजारौँ नागरिक सडकमा उत्रिएका छन् । प्रदर्शनमा सहभागी कतिपय मानिसहरूले नेतृ आङ सान सुकीको नेशनल लिग फर डेमोक्रेसी दलको रातो झण्डा तथा बेलुनहरू बोकेका छन् । प्रदर्शन चर्किँदै गएपछि त्यहाँ इन्टरनेट बन्द गरिएको छ ।

मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले म्यानमारमा भएको इन्टरनेट सेवा बन्द गरेको भन्दै भत्सर्ना गरेको छ । मानवअधिकारको गम्भीर उल्लङ्घनका घटना बढ्ने जोखिम बढ्दै गएको एम्नेस्टीको भनाइ छ ।

प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहितका नेताहरुलाई हिरासतमा लिएको सेनाले म्यानमारमा एक वर्षका लागि सङ्कटकाल घोषणा गरेको छ । सुकीको अवस्थाबारे अझैसम्म पनि केही जानकारी दिइएको छैन । सुकीको रिहाइका लागि विश्व समुदायले अपिल गर्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस