भारत उत्तराखण्डमा हिमपहिरोमा ३ नेपालीसहित १ सय १५ जना वेपत्ता [नेपालीहरुको नामहित]

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ माघ २७, मंगलबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

माघ २७, काठमाण्डौ । आइतबार भारतको उत्तराखण्डको चमौली जिल्लामा हिमनदी फुटेलगत्तै आएको बाढीमा परेर वेपत्ता हुने नेपालका ३ जनासहित १ सय १५ जनाको नाम सार्वजनिक गरिएको छ ।

स्थानीय प्रशासनले सोमबार वेपत्ता हुनेहरुको नाम र ठेगाना सार्वजनिक गरेको हो । वेपत्ता सूचीमा नेपालका ३ जना रहेका छन् । स्थानीय हाइड्रोपावरको सुरुङमा फसेका केही नेपालीहरुको भने उद्दार गरिएको छ । वेपत्ता हुने नेपालीहरुमा सोहन चौधरी, शंकर चौधरी र विष्णु मल्ल रहेका छन् । उनीहरु तीनैजना सुदूरपश्चिम प्रदेश कैलाली जिल्ला, टिकापुरका वासिन्दा हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस