भारत उत्तराखण्डमा हिमपहिरोपछि आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५० पुग्यो !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ फागुन ३, सोमबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

फागुन ३, काठमाण्डौ । भारतको उत्तराखण्डमा हिमपहिरोपछि आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५० पुगेको छ ।

उत्तराखण्डको चमोली जिल्लाको तपोवन सुरुङमा थप १२ जनाको शव भेटिएसँगै ज्यान गुमाउनेको सङ्ख्या ५० पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उद्धारकर्ताको टोलीले सुरुङमा फसेकाहरूलाई अझै बचाउने आश रहेको बताएका छन् । यस सुरुङमा ३२ जना कामदार अझै पनि फसेको हुन सक्ने आशङ्का गरिएको छ । बाढीमा परेर अझै एक सय ५० भन्दा धेरै हराइरहेको अधिकारीहरूले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस