फागुण ३, काठमाण्डौ । साउदी अरबमा लागू गरिएको लकडाउन प्रतिबन्धात्मक अवस्थाहरुको अवधि अझै केही दिन लागू हुने भएका छन् । कोरोनाभाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले लागू गरिएका प्रतिवन्धात्मक व्यवस्थाहरू थप २० दिन लागू हुने भएका हुन् ।
सरकारले आइतबार प्रतिवन्धात्मक व्यवस्थाहरूको अवधि थप गरिएको घोषणा गरेको समाचारमा जनाइएको छ ।