म्यानमारमा नयाँ कानून घोषणा: ‘कू’ विरुद्ध प्रदर्शन गर्नेलाई २० वर्ष कैद

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ फागुन ३, सोमबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

फागुन ३ काठमाण्डौ । म्यानमारका सेनाले सैन्य ‘कू’ को विरोध गर्नेहरुलाई २० वर्षको कैद सजाय तोकेको छ । अब म्यानमारमा प्रदर्शनकारीले सैनिक बलमाथि अवरोध पुर्याउनेलाई जेल सजाय हुने भएको छ ।

‘कू’ गर्ने नेताको गाली बेइज्जती गरे र उनीहरुविरुद्ध घृणा फैलाउने कार्यमा सहभागी हुनेहरुको सजाय थप हुने र जरिवना पनि तोकिने भएको छ ।

म्यानमारका विभिन्न शहरमा सेनाका बख्तरबन्द गाडी देखिएका बेला यहाँको कानूनमा परिवर्तन भएको घोषणा गरिएको हो । हालैका दिनमा म्यानमारमा हज्जारौं जनता सडकमा उत्रिएका छन् ।

प्रदर्शनकारीले आङ सान सुकीलगायत थुप्रै नेता रिहाका साथै प्रजातन्त्र पुनर्स्थापनाको माग गरिरहेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस