अमेरिकी राष्ट्रपतिद्वारा १९ खर्ब रुपैयाँको राहत प्याकेजमा हस्ताक्षर

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ फागुन २८, शुक्रबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फागुन २८ काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले १९ खर्ब रुपैयाँ बराबरको आर्थिक राहत विधेयकमा हस्ताक्षर गर्नु भएको छ ।

बाइडेनको हस्ताक्षरसँगै यो विधेयकले कानुनी रुप लिएको छ । कोरोनाका कारण जनजीविकामा नै समस्यामा परेका नागरिकलाई सहायता दिलाउन भन्दै यो विधेयक ल्याइएको होे ।

बाइडेनले यो विधेयकमा समावेश भएका योजनाबारे आज देशवासीका नाममा सम्बोधन गर्ने बीबीसीले जनाएको छ ।

कोरोनाका कारण अमेरिका सबैभन्दा प्रभावित बनेको छ । त्यहाँ अहिलेसम्म २ करोड ९९ लाखभन्दा जना कोरोना भाइरसबाट सङ्क्रमित छन् भने पाँच लाख ४३ हजारभन्दा धेरैको ज्यान गएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस