रुसी विदेश मन्त्री सर्गेई लाभरोभले चीनको भ्रमण गर्ने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ चैत्र ५, बिहिबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

चैत ५ काठमाडौं । रुसका विदेश मन्त्री सर्गेई लाभरोभले आगामी मार्च २२ र २३ तारिखमा चीनको भ्रमण गर्ने भएका छन् ।

चिनियाँ स्टेट काउन्सिलर एवं विदेश मन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा रुसी विदेश मन्त्री लाभरोभ चीन आउन लाग्नुभएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बिहीबार घोषणा गरेका हुन् ।

पछिल्लो समय रुस र चीनबीचको सम्बन्ध थप सुदृढ हुँदै गएको छ । कतिपय विश्व मामिलामा राष्ट्रसंघ मार्फत रुस र चीनले समान धारणा अघि सार्ने गरेका छन् । –सिन्ह्वा

ताजा अपडेट

खोजी गर्नुहोस