काठमाडौंको टोखा नगर प्रमुखमा एमालेका प्रकाश अधिकारी विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ४, बुधबार (२ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

जेठ ४, काठमाडौँ । काठमाडौंको टोखा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमाले उम्मेदवार प्रकाश अधिकारी १७४ मत अन्तरले नगरप्रमुखमा विजयी भएका हुन् ।

अधिकारीले १० हजार ३४० मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी रजनी थापाले १० हजार १६६ मत पाइन् । काठमाडौंका पालिकामा एमालेको यो पहिलो जित हो ।

यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकी मुरारी तामाङ १० हजार १३२ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी ज्ञानमाया डंगोलले ९ हजार ५१८ मत पाइन् ।

एमालेबाट विजयी अधिकारी यसअघि पनि नगरप्रमुख थिए । पराजित थापा २०७४ सालको निर्वाचनमा पनि नगर उपप्रमुखमा पराजित भएकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस