बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको पहिचान खुल्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ६, बुधबार (२ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असार ६, ढोरपाट । बागलुङमा आज बिहान जीप दुर्घटना हुँदा ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ । जिल्लाको गलकोटदेखि बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुंगामा दुर्घटना भएको थियो ।

दुर्घटनामा जीप चालक पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगाका २९ वर्षीय राजेन्द्र माझी र जीपमा सवार जैमिनी नगरपालिका–१० राङ्खानीका ३६ वर्षीया दुर्गा पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए। उनका अनुसार दुवैको घटनास्थलमै मृत्यु भएको थियो ।

जीप मध्यपहाडी लोकमार्गदेखि पाँच सय मिटर तल खसेको सूचना अधिकारी केसीले बताए । जीप सडकभन्दा धेरै तल खसेकाले कति यात्रु सवार थिए भन्ने अहिलेसम्म एकीन हुन नसकेको उनले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस