एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक साउन २२ गतेसम्म स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १८, बिहिबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन १८, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक साउन २२ गतेसम्म स्थगित भएको छ । एमाले सांसदहरूले निरन्तर उठेर अवरोध जारी राखेपछि सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले साउन २२ गते सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।

एमालेले सुन प्रकरणको विषयलाई लिएर दुवै सदनमा अवरोध गर्दै आएको छ । एमालेले सुन काण्डमा सरकार नै मुछिएको भन्दै उच्चस्तरीय छानविन समिति गठन नभएसम्म प्रतिनिधिसभा बैठकमा पनि अवरोध गरेको थियो । प्रतिनिधिसभा बैठक साउन २२ गतेका लागि बोलाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस