माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सुरू

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १९, शुक्रबार (१ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

साउन १९, काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरू भएको छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञाभवनाक बैठक सुरु भएको हो । गत बुधबारदेखि जारी बैठकमा पार्टी अध्यक्ष एवं पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीति र संगठनात्मक प्रतिवेदनमाथि बुधबार र बिहीबार गरी झन्डै चार दर्जन नेताले आ–आफ्नो धारणा राखिसकेका छन् । बाँकीले आफ्नो भनाइ राख्ने क्रम जारी रहेको छ ।

अधिकांश नेताले पार्टी नेतृत्वको कार्यशैलीप्रति आलोचना, पार्टी सुदृढीकरण, चुस्तता र रुपान्तरणमा जोड दिएका छन् । केन्द्रीय सदस्यहरुले पार्टीभित्र टाठाबाठा हावी भएका भन्दै आवाज उठाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस