चार संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि विवरण माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २०, शनिबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन २०, काठमाडौँ । संवैधानिक परिषद्ले महालेखा परीक्षकसहित चार संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिका लागि १५ दिने सूचना प्रकाशन गरेको छ ।

परिषद्ले शनिबार एक सूचना सार्वजनिक गर्दै ती निकायमा रिक्त पदका लागि योग्यता पुगेका व्यक्तिको अभिलेख तयार पार्न विवरण माग गरेको जनाएको छ ।

परिषद्ले महालेखा परीक्षक, निर्वाचन आयोगमा रिक्त एक आयुक्त तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र मुस्लिम आयोगको एक(एक सदस्यका लागि अभिलेख संकलन गर्न लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस