अब मृतक कामदारका परिवारलाई २२ लाख क्षतिपूर्ति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २५, बिहिबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

साउन २५, काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारलाई वैदेशिक रोजगार बोर्डमार्फत् उपलब्ध गराउँदै आएको आर्थिक सहायता कम्तीमा १५ लाख रुपैयाँ पुर्‍याउने भएको छ ।

हाल वैदेशिक रोजगारीका क्रममा मृत्युका परिवारले म्यादी बिमाबाहेक सात लाख रुपैयाँमात्र क्षतिपूर्ति पाउँदै आएका छन् । उक्त रकम दोब्बर बढाएर १५ लाख रुपैयाँ बनाउने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगार नियमावली २०६४ को पाँचौँ संशोधनमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका श्रमिकको करार अवधि वा करार अवधि सकिएको एक वर्षभित्र कुनै कारणले मृत्यु, अंगभंग वा गम्भीर बिरामी भएमा घटना भएको मितिले एक वर्षभित्र बोर्डमा नियमअनुसार आर्थिक सहायताका लागि पीडित परिवारले निवेदन दिन पाउने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार मृतकका परिवारले बिमाबाहेक सात लाख रुपैयाँ क्षतिपूर्ति पाउने गरेको श्रम मन्त्रालयले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस