आज राष्ट्रियसभाअन्तर्गतका दुई समिति बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २५, बिहिबार (१ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

साउन २५, काठमाण्डौँ । राष्ट्रिय सभा अन्तर्गतका दुई समितिका बैठकहरू बिहीबार बोलाइएको छ । दिगो विकास तथा सुशासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक संसद सचिवालय सिंहदरबारमा बोलाइएको हो ।

दिगो विकास तथा सुशासन समिति बैठकको दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा संकल्प प्रस्ताव कार्ययोजना अनुगमन उपसमितिबाट पेश भएको कार्यान्वयन कार्ययोजना, समितिको आर्थिक वर्ष २०८०र८१ को कार्ययोजनाका विषयमा छलफल हुनेछ ।

त्यस्तै, नीति अनुसन्धान प्रतिष्ठानबाट गरिएको दिगो विकास तथा सुशासन समितिको निर्देशन कार्यान्वयन अवस्थाको अध्ययन प्रतिवेदनका विषयमा पनि बैठकमा छलफल हुनेछ । राष्ट्रिय सभाकै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक भने बिहान ११ बजेका लागि बोलाइएको छ । तर, त्यस बैठकको अजेन्डाका विषयमा संसद सचिवालयले केही खुलाएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस