देशभरी भारी बर्षा: यी खोलामा बाढीको जोखिम !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २८, आईतबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

साउन २८,काठमाडौँ । आज ६ जिल्लाका नदी तथा खोलामा बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर जिल्ला र यी जिल्लाका आसपास भइ बहने नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

यस्तै, बग्मती, नारायणी, कर्णाली, पश्चिम राप्ती, बबई, महाकाली र यसका सहायक नदीहरुको जलसतह सतर्कता तह आसपास पुग्न सक्ने अनुमान छ । यी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै रहेकाले मनसुन सक्रिय हुँदा हिजोदेखि देशभर पानी परिरहेको छ ।

देशभर नै पानी परिरहेकाले बाढी पहिरोसँगै डुबानको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस