मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी, माओवादीको एक मन्त्री हट्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २८, आईतबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन २८,काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागेका हुन् । स्रोतका अनुसार मन्त्रिपरिषद आजै हेरफेर हुनेछ ।

जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकेको छ । प्रधानमन्त्री प्रचण्डले अनितालाई आज मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

प्रचण्डको मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । जनमतलाई सहकारमा सहभागी बनाउन वर्तमान मन्त्रिपरिषद्का सदस्यलाई हटाउनु पर्नेछ ।

माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाएर जनमतकी अनिता देवीलाई मन्त्री नियुक्त गर्ने तयारी प्रचण्डको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस