खोलाले बगाउँदा दोलखामा बुबा–छोरा बेपत्ता

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० श्रावण २८, आईतबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन २८,दोलखा । खोलाले बगाउँदा दोलखामा बुबा–छोरा बेपत्ता भएका छन् । खोलाले बगाउँदा बिगु गाउँपालिका–७ का निम्फुन्जो शेर्पा र उहाँका छोरा बेपत्ता भएका हुन् ।

आज आइतवार गाउँ नजिकैको जङ्गलमा निउरो टिप्न गएका दुवै जनालाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक खड्काले जानकारी दिए ।

घटनाबारे स्थानीयवासीले जानकारी गराएपछि अहिले प्रहरी चौकी बिगुबाट टोली घटनास्थलमा गएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस