साहको शपथ भोलि हुने, मन्त्रालयको टुंगो लागेन्

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २८, आईतबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन २८,काठमाडौँ । जनमत पार्टीबाट मन्त्री बन्न लागेकी अनिता कुमारी साहको शपथ भोलि (सोमबार) हुने भएको छ ।
साहको शपथ ग्रहण सोमबार बिहान १० बजे तय भएको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।

जनमतले मन्त्रीका लागि यसअघि नै साहको नाम सिफारिस गरेको थियो ।

आइतबार बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साहलाई सोही मन्त्रालय वा अन्य कुनै मन्त्रालय दिने भन्ने टुंगो लागेको छैन ।

 

ताजा अपडेट

खोजी गर्नुहोस