शेरबहादुर देउवा भन्छन्-‘कर लगाएर सुन आयात गर्न दिनुपर्छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २९, सोमबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन २९, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कर लगाएर सुन आयात गर्न दिनुपर्ने बताएका छन् ।
आज बसेको काँग्रेस संसदीय दलको बैठकमा बोल्दै देउवाले सुनमाथि प्रतिबन्ध लगाउँदा पनि तस्करी नरोकिएको भन्दै कर लगाएर आयात खोल्नुपर्ने बताएका हुन् ।

‘कर लगाएर सुन आयात खोल्नुपर्छ । आयात खुला नहुँदा तस्करी मौलाएको छ । यसको दीर्घकालीन समस्या समाधानको लागि आयात खोल्नुपर्छ,’ देउवाले भने । नेपालमा बाणिज्य बैंकहरूले मात्रै दैनिक १० केजी सुन ल्याउन पाउने व्यवस्था छ ।

ताजा अपडेट

खोजी गर्नुहोस