अवरुद्ध संसद सुचारु गर्न पहल गर्ने कांग्रेसको निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २९, सोमबार (१ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

साउन २९, काठमाण्डौँ । नेपाली कांग्रेसले अवरुद्ध संसद नियमित गर्न पहल गर्ने निर्णय गरेको छ । तीन दिन बसेको कांग्रेस संसदीय दलको बैठकले अवरुद्ध संसद सुचारु गर्न पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

सत्तारुढ दलहरूसँगै प्रमुख प्रतिपक्ष लगायत अन्य सबै दलसँग छलफल गरेर संसद खोल्न पहल गर्ने निर्णय भएको उनले जानकारी दिए । संसद अवरुद्ध हुँदा जनताको विषयवस्तु उठ्न नसकेको र विचाराधीन विधेयक समेत अघि बढ्न नसकेको उनको भनाइ छ । उनले संघीय संसद नै नचल्ने अवस्थाले संसदीय पद्धतिप्रति नै जनताको वितृष्णा हुने जोखिम उत्पन्न भएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस