सरकारी वकिलको रोहबरमा नेपाल र भट्टराईसँग बयान लिइने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ३०, मंगलबार (१ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

साउन ३०, काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईको बयान सरकारी वकिलको रोहबरमा लिइने भएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी वकिल राखेर उनीहरूसँग बयान लिने तयारी गरेको हो। पूर्वप्रधानमन्त्री नेपाल युरोप भ्रमण छोट्याएर स्वदेश फर्किएपछि सिआइबीले बयानको तयारी थालेको हो ।

सरकारी वकिलको कार्यालयले करिब एक साताअघि नै मुद्दाका लागि दिन ताकेता गरिरहेका बेला सिआइबीले उनीहरूसँग बयान लिएर मुद्दा बुझाउन लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस