प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध तीन उजुरी, आइतबार सुनुवाई हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २, शनिबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र २, काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध तीनवटा उजुरी परेका छन् । संसद सचिवालयका अनुसार दुई वटा इमेलबाट उजुरी परेका छन् भने एसके तिमिल्सेनाले भौतिकरूपमै उपस्थित भएर उजुरी दिएका छन् ।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठका विषयमा आइतबार संसदीय सुनुवाई हुँदैछ। सोही दिन उजुरीका विषयमा सबाल जवाफ हुनेछ ।
संवैधानिक परिषद्को बैठकले साउन १८ गते श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । साउन २३ गते बसेको समितिको बैठकले श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस