प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सुरु, को-को छन् सहभागी ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ३, आईतबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र ३,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् । बैठकमा अध्यक्ष ओली नगए पनि एमालेका तर्फबाट उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी सहभागी भएका छन् ।

बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति समेत रहेका पूर्णबहादुर खड्का सहभागी छन् । त्यसैगरी माओवादी केन्द्रबाट अध्यक्ष समेत रहेका प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् ।

त्यसैगरी रास्वपाका अध्यक्ष रवि लामिछाने र सन्तोष परियार, राप्रपाका राजेन्द्र लिङदेन तथा जनतमतकी अनितादेवी रहेका छन् ।

नेकपा एमालेले तस्करीको बरामद सुनबारे छानविनका लागि उच्चस्तरीय आयोग गठनको माग गर्दै लगातार सदन अवरुद्ध गरेपछि प्रधानमन्त्रीले राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुसँग छलफल गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस