‘संसद अवरोध हटाउन राजनीतिक दलहरुबीच सहमति गर्नुको विकल्प छैन’ : सभामुख घिमिरे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ३, आईतबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

भाद्र ३, काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउन राजनीतिक दलहरुबीच सहमति गर्नु बाहेकको विकल्प नरहेको बताएका छन् ।
आइतबार संसदको अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले संसदको अवरोध हट्ने कुरा सुन तस्करीको छानबिन गर्नको लागि उच्चस्तरीय छानबिन समिति बनाउनेकुरामा अड्किएको बताए ।

सभामुख घिमिरेले प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति बनाउन सरकारलाई आदेश नदिएको आरोप लगाएको बताए । उनले दलहरुको बीचमा समझदारीको वातावरण बन्नसके संसद अवरोध हट्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस