ओली नआएपछि शीर्ष दलका नेताहरुको बैठक स्थगित, भोलि फेरि बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ५, मंगलबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र ५,काठमाडौँ । सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक भोलि बुधबार बस्ने भएको छ ।

आज बस्ने भनिएको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नआएपछि बैठक नै नबसेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताए ।
‘बैठक नै बसेन, ओली जी आउन सक्नु भएन अस्वस्थताको कारणले र छलफल पनि बाँकी भयो,’ उनले भने ।

तर नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भने प्रधानन्यायाधीशको शपथ पनि रहेकोले समय अभावका कारण आज बस्ने भनिएको भोलि शीर्ष नेताको बैठक बस्ने जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस