भ्रष्टाचार सम्बन्धी खोलिएको फाइल पनि बन्द हुने अवस्था छ: कांग्रेस नेता पौडेल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ५, मंगलबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र ५,काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भ्रष्टाचार सम्बन्धी खोलिएको फाइल पनि बन्द हुने अवस्था रहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता भ्रष्टाचार प्रकरणमा मुछिएको देखिन थालेपछि अनुसन्धान भइरहेका फाइल बन्द रोक्ने खतरा रहेको पौडेलले बताए । ‘सुरु सुरुमा प्रधानमन्त्रीका भनाइमा पत्यार लाग्थ्यो । अहिले आफ्ना मान्छे पर्न थालेपछि अब नयाँ खोलिने त सम्भावना छैन । पुराना खोलिएका पनि बन्द हुने खतरा छ’, पौडेलले भने ।

चितवन रत्ननगर नगरको पार्टी समिति सम्मेलनमा बोल्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्रीको व्यवहारप्रति असन्तुष्टि जनाए । ‘फाइल खोलेपछि आफ्ना नपर्ने अरुको मात्रै पर्ने भन्ने हुँदैन । आफ्ना पर्न थालेपछि भ्रष्टाचारको अनुसन्धानको यात्रा अड्किएको देखियो’, पौडेलले भने ।

वर्तमान सरकारले नागरिकका पक्षमा अरु केही कार्य नगरेको उनले बताए । ‘भ्रष्टाचारका अलि अलि फाइल खोल्न खोजेको छ’ पौडेलले भने, ‘फाइल खोलेर प्रधानमन्त्री जस लिन खोज्नुहुन्छ । हामी पछाडि बसेर अँध्यारो भइरहेका छौं ।’ प्रधानमन्त्री प्रचण्ड आफ्नो बलले नभई कांग्रेसको शक्तिले पदमा पुगेको हेक्का राख्न उनले सुझाए ।

ताजा अपडेट

खोजी गर्नुहोस