करिब एक महिनादेखि अवरुद्ध संसद् सुचारु (LIVE)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ६, बुधबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र ६, काठमाडौँ । करिब एक महिनादेखि अवरुद्ध संसद् सुचारु भएको छ । राष्ट्रिय मान्यता प्राप्त सात दलको बैठकले सुन तस्करीका सबै घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति जुटाएसँगै सदनको अवरोध खुलेको हो ।

यो सहमतिअनुसार ६१ किलो सुनको मात्र नभएर माओवादी नेता कृष्णबहादुर महरा जोडिएको अर्को तस्करीको पनि छानबिन गर्ने निर्णय भएको छ।
‘सुन तस्करीबारे स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रूपमा नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन, सुधार, पटकपटकका सुन तस्करीका छानबिन अनुसन्धान बारे अध्ययन गरी सुझावसहित प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग गठन गरी आयोगले काम प्रारम्भ गर्नेछ,’ सहमतिमा भनिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस