उपप्रधानमन्त्री खड्काले भने-‘प्रधानमन्त्री दाहालको पहलकदमीले संसदको गतिरोध अन्त्य भयो’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ६, बुधबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र ६, काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा संसदको गतिरोध अन्त्य भएको दाबी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सर्वदलीय बैठकमा गरिएको दुई बुँदे सहमतिबारे जानकारी गराउँदै सो कुरा बताएका हुन् ।

प्रतिनिधि सभाको बैठकमा सुन तस्करीबारे अनुसन्धन गर्न दुई बुँदे सहमति भएकोबारेमा सदन समक्ष जानकारी गराए । उपप्रधानमन्त्री खड्काले सो दुई बुँदे सहमतिले दलहरुबीच पुनः सहमति र एकताका साथ देश र जनताको पक्षमा काम गर्ने नयाँ संकल्प उजागर भएको पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस