वीरगञ्जको बाल सुधारगृह रातभर तनावग्रस्त, ११ बालक र ३ प्रहरी घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २७, बुधबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र २७, काठमाण्डौँ । पर्साको वीरगञ्जस्थित बाल सुधार गृहमा तनाव उत्पन्न भएको छ ।
मंगलबार साँझ वीरगञ्ज महानगरपालिका ४ विर्तामा रहेको बाल सुधार गृहमा दुई समूहबीच झगडा भएपछि स्थिति तनावपूर्ण बनेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

उनका अनुसार भक्तपुर सुधार गृहबाट वीरगञ्ज पठाइएको समूह र त्यहीँ रहेको समूहबीच मंगलबार साँझ झगडा भएको थियो ।
दुई समूहको झगडाले सुधारगृह भित्र स्थिति तनावग्रस्त बनेपछि प्रहरी परिचालन गरिएको थियो ।

‘तर, उनीहरू प्रहरीमाथी नै ढुंगामुढामा उत्रिए,’ डिएसपी थापाले भने । स्थितिलाई नियन्त्रणमा लिने क्रममा सुधार गृहका ११ जना र तीन प्रहरी घाइते भएको डिएसपी थापाले जानकारी दिए । अहिले पनि स्थिति नियन्त्रणमा नआइसकेकाले आफू फिल्डमै रहेको उनले बताए ।

भक्तपुर बाल सुधार गृह तोडफोड गरी भागेका मध्ये १८ जनालाई वीरगञ्ज स्थानान्तरण गरिएको थियो। अहिले सो सुधारगृहमा १५७ जना बालबालिका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस