शरीर बन्धकवारे सर्वोच्चको नयाँ नजिर

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २८, आईतबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज २८, काठमाडौँ । सर्वोच्च अदालतले अपहरण तथा शरीर बन्धक लिने कार्यको उद्योग सम्बन्धमा पहिलोपटक व्याख्या गर्दै नयाँ नजिर कायम गरेको छ । मिलन मग्राती समेतको जाहेरीले नेपाल सरकारविरुद्ध काजन श्रेष्ठ र सम्बेग भन्ने राजु मगर रहेको मुद्दामा सर्वोच्च अदालतले विस्तृत व्याख्या गरेको हो ।

न्यायाधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयाँलको इजलासले अपरहण उद्योगको ’दयगतमा विस्तृत व्याख्या पहिलोपटक गरेको हो । हालै मात्र सार्वजनिक भएको पूर्णपाठमा अपहरण कसरी हुने र कस्तो सजाय हुने भन्ने’दयगतमा विस्तृत व्याख्या गरिएको छ ।

सर्वोच्चले पुनरावेदन अदालत, विराटनगरको फैसला सदर गर्दै कसुरदार राजु मगर र सुमन लुइँटेलले जनही पाँच वर्ष कैद र ७५ हजार रुपैयाँ जरिमाना सजाय हुने गरी सुनसरी जिल्ला अदालतको फैसला आंशिक उल्टी भई पुनरावेदन अदालतको सदर भएको छ । जिल्लाले थप दुई वर्ष सजाय हुने भनेकोमा सर्वोच्चले त्यसलाई अस्वीकार गरेको छ । त्यस्तै सो घटनासँग जोडिएकी गोमादेवी लिम्बुलाई सर्वोच्चले पनि सफाइ दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस