नेपाल र भारतबिच सीमा क्षेत्रमा सुरक्षा सतर्कता अपनाउने सहमति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २८, आईतबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असोज २८, विराटनगर । कोशी प्रदेशसँग सिमाना जोडिएका नेपाल र भारतका सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउने सहमति गरेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नं। १ वराह वाहिनी मुख्यालय पकली सुनसरी र भारतीय सशस्त्र सीमा बल एसएसबी को फ्रन्टियर हेडक्वाटर सिलिगुरी, सेक्टर हेडक्वाटर पुर्निया, रानीडङ्गा र गान्तोकबिच मोरङको विराटचोकमा भएको वाहिनीस्तरीय सीमा समन्वय बैठकले सो निर्णय गरेको हो ।

चाडपर्वको समयमा हुने सीमा अपराध र अवैध गतिविधि नियन्त्रण तथा रोकथाम, साम्प्रदायिक एवं धार्मिक सहिष्णुता कायम राख्नका लागि कुनै पनि किसिमका अवाञ्छित गतिविधि हुन नदिने र दसगजा अतिक्रमण रोक्ने विषयमा पनि दुवै देशका सुरक्षा निकायको छलफल भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस