दसैँलाई लक्षित गर्दै आजदेखि उपत्यकामा खसी बोका भित्र्याइँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० आश्विन २८, आईतबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असोज २८, काठमाण्डौँ । दसैँलाई लक्षित गर्दै आइतबारदेखि व्यवसायीले उपत्यकामा खसी बोका भित्र्याउने भएका छन् । सरकारी कम्पनी र निजी व्यवसायीले गाउँ गाउँमा गएर खसी बोका खरिद गर्दै उपत्यकामा ल्याएर बिक्री गर्ने गरेका छन् । चौपाया खरिदबिक्री सेवा सङ्घका अध्यक्ष दीपक थापाका अनुसार दसैँलाई लक्षित गर्दै घटस्थापनाको दिन अर्थात् आजदेखि खसी बोका आउन लागेका हुन् ।

उपत्यकामा फूलपातीको दिनदेखि नवमीसम्म तीन दिन मात्र २० देखि २५ हजार खसी बोका बिक्री हुने उनको भनाइ छ । दसैँमा उपत्यकामा यो वर्ष ४५ देखि ५० हजार रुपियाँ मूल्य पर्ने खसी बोका र च्याङ्ग्रा गरेर खपत हुने व्यवसायीको अनुमान छ ।

ताजा अपडेट

खोजी गर्नुहोस