इजरायलबाट थप १९ जना नेपालीको उद्धार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन ३०, मंगलबार (१ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

असोज ३०, काठमाडौँ । इजरायलबाट सरकारले थप १९ नेपालीको उद्धार गरेको छ । सरकारले भारतीय विमानमार्फत इजरायलमा रहेका १९ नेपालीको उद्धार गरेको हो । परराष्ट्र मन्त्रालयले इजरायलको तेल अविवबाट भारतको उद्धार विमानमार्फत् १९ नेपालीको उद्धार गरिएको जनाएको छ ।

मन्त्रालयले स्थानीय समय अनुसार तेल अविवबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक आउने जनाएको छ । यसअघि पहिलो चरणमा इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल ल्याइएको थियो। नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट उनीहरुलाई नेपाल ल्याइएको थियो ।

उनीहरुलाई लिन परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु बिहीबार इजरायल गएका थिए । इजरायलमाथि हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको र उनीहरुको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस