दशैलाई अहिलेसम्म चार लाख ६५ हजारभन्दा बढी यात्रु बाहिरिए

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० कार्तिक ४, शनिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कात्तिक ४,काठमाडौँ । दसैंका लागि घर फर्कने यात्रुको लर्को लाग्न थालेको छ । घटस्थापना सुरु भएयता नयाँ बसपार्क, चाबहिल, कलंकी, कोटेश्वर, गौशालालगायत क्षेत्रमा घर जाने यात्रुको भीड छ । उपत्यकाबाट बाहिरिने चारै नाकामा उपत्यका छाड्नेको भीड लाग्ने गरेको छ । यी नाकामा घटस्थापनायता प्रायः समय सवारीको ताँती देखिन्छ, जसले गर्दा यी नाकामा ट्राफिक जाम हुने गरेको छ ।

ट्राफिक व्यवस्थापन गर्न भने ट्राफिक प्रहरीलाई हम्मेहम्मे पर्ने गरेको छ । यातायात व्यवसायीका अनुसार नवमीसम्म यात्रु बाहिरिने गरेका छन् । तर सबैभन्दा बढी यात्रु फूलपाती र अष्टमीका दिन बाहिरिन्छन् । गत वर्ष निर्वाचनका कारण करिब २० लाख यात्रु बाहिरिए पनि यो पटक १६ लाख मात्र बाहिरिने व्यवसायीको अनुमान छ । ट्राफिक प्रहरीका अनुसार घटस्थापनादेखि शुक्रबार बिहानसम्म चार लाख ६५ हजारभन्दा बढी यात्रु बाहिरिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस