काठमाडौँमा चिसो बढ्दै,आजको तापक्रम कति ?

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० कार्तिक ५, आईतबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कात्तिक ५,काठमाडौँ । काठमाण्डौमा हिजोभन्दा आज चिसो छ । आज न्यूनतम तापक्रम हिजोको भन्दा झण्डै दुई डिग्री सेल्सियसले घटेको छ ।

हिजो काठमाण्डौको न्यूनतम तापक्रम ११ दशमलव ७ डिग्री सेल्सियस थियो भने आज १० डिग्री सेल्सियसमा झरेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।

यस्तै, काठमाण्डौको आजको अधिकतम तापक्रम पनि घट्दो छ । आजको अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेल्सियससम्म रहने मौसमविद्को अनुमान छ । देशका अन्य ठाउँमा पनि अधिकतम र न्यूनतम तापक्रम घट्दो छ ।

दिउँसो खासै चिसो नभए पनि बिहान बेलुका चिसो बढेको छ । यस्तै, दशैँको टीकाको दिन पर्सि मङ्गलवारसम्मकै मौसम सामान्यतया सफा रहने मौसमविद् अधिकारीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस