नवरात्रको नवौँ दिन: सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक ६, सोमबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कात्तिक ६,काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको नवौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । घटस्थापना गरिएको स्थलमै नवौँ सिद्धिदात्री देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिन्छ । सिद्धि दिने भएकैले नवौँ देवीको नाम सिद्धिदात्री रहेको हो ।

नवरात्रका आठ दिनसम्म शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी देवीको पूजा आराधना गरेपछि आज नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ । यी देवीबाट सबै प्रकारका सिद्धि पाइने धार्मिक विश्वास छ ।

ताजा अपडेट

खोजी गर्नुहोस