यसपालि प्रधानमन्त्रीसहित कम्युनिष्ट शिर्षनेताको छैन टीका कार्यक्रम

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० कार्तिक ७, मंगलबार (१ साल अघि)
  • ६५ पटक पढिएको
Post Thumbnail

कात्तिक ७, काठमाडौँ । घटस्थापनादेखि विधिवत् सुरु भएको बडादसैँ देशैभर मनाउनेक्रम जारी छ । दसैँको विशेष दिन आफूभन्दा ठूलाको हातबाट टीका, जमरा र आशिर्वाद थाप्ने परम्परागत चलन रहीआएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कात्तिक ७ गते मंगलबार बिहान ११ बजेर २ मिनेटमा टीकाको साइत छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा देशका उच्चपदस्थ व्यक्तित्वहरु उपप्रधानमन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सांसद, संवैधानिक निकायका पदाधिकारी एवम् विशिष्ट महानुभाव, निजामति, जंगी, प्रहरीतर्फ अधिकृत स्तरसम्मका राष्ट्र सेवकहरुलाई कात्तिक ७ गते अपरान्ह २ बजेदेखि ३ बजेसम्म टीका तथा प्रसाद ग्रहणको कार्यक्रम तय भएको छ ।

राष्ट्रपति पौडेलले सो दिन अपरान्ह ३ बजेदेखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका लगाइ दिनेछन् ।

प्रधानमन्त्रीसहित क–कसको छैन टीका कार्यक्रम

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को यो वर्ष दसैँ टीका कार्यक्रम छैन । प्रधानमन्त्री प्रचण्ड पत्नी तथा माओवादी केन्द्रकी सल्लाहकार सीता दाहालको गत असारमा निधन भएका कारण प्रधानमन्त्री परिवार यो वर्ष शोकमा छ ।

प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले भने, “यसपाली अन्य विशेष कार्यक्रम छैन । सामान्य भेटघाट हुन्छ”, यो वर्ष सामान्य पारिवारिक भेटघाट हुने उनको भनाइ छ ।

पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दसैँ टीका काठमाडौंमा नै हुने निजी सचिवालयले जनाएको छ । सभापति देउवाका प्रमुख स्वकिय सचिव भानु देउवाका अनुसार धुम्बाराहीस्थित निजी निवासमा उहाँले टीका लगाउनेछन् ।

यसैगरी, पूर्व प्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको यो वर्ष दसैँ टीकाको कार्यक्रम छैन । अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाँँईले उनलाई यो वर्ष ठुलीआमाका शोक परेका कारण दसैँ टीका नरहेको जानकारी दिए ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको यो वर्ष दसैँ टीका कार्यक्रम नरहेको निजी सचिवालयले जनाएको छ । “यसपाली उनको टीका कार्यक्रम छैन । कान्छो भाइको निधन भएको वर्ष छ यसपाली । निर्वाचन क्षेत्र रौतहट हुनुहुन्छ”, सचिवालयले भन्यो ।

यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव दसैँको अवसरमा विराटनगर पुगेका छन् । उनले भने, “विराटनगर आइपुगियो, अब दसैँ अवधिभर विराटनगर नै बसिन्छ ।”
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर गृहजिल्ला महोत्तरी पुगेका छन् । दसैँको अवसरमा आयोजित जिल्लाका विभिन्न पूजा कार्यक्रम तथा निर्वाचन क्षेत्रमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी छन् । उनी महोत्तरीको जन्मथलो पुग्ने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस