लामीटारमा मोटरसाइकल दुर्घटना: एकजनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० कार्तिक १२, आईतबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कात्तिक १२,काठमाडौँ । मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर–७ लामीटारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

मदन भण्डारी लोकमार्ग अन्तर्गत झुरझुरेबाट हेटौँडा जाँदै गरेको ना ३० प ३४८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको हो ।

दुर्घटनामा मोटरसाइकलका चालक बाग्मती गाउँपालिका वडा नम्बर–६ ठाडीखोला बस्ने २२ वर्षीय सन्तोष दर्लामीको ज्यान गएको छ । उनको उपचारका क्रममा काठमाण्डौको न्युरो अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

घाइते भएका २२ वर्षीय प्रदीप लोप्चन उपचारपछि घर फर्किएका भण्डारीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस