मुगुको सामूहिक हत्या प्रकरणमा एक जना शंकास्पद व्यक्ति पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १३, सोमबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

कार्तिक १३, काठमाडौँ । मुगुको सामूहिक हत्या प्रकरणमा एक जना शंकास्पद व्यक्ति पक्राउ परेका छन् । जिल्लाको छायाँनाथ रारा नगरपालिका ६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि आइतबार प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

आइतबार मध्यान्न करिब १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थितबिच बजार नगरपालिका जाने बाटो नजिकैबाट प्रहरीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका उक्त व्यक्तिबारे प्रहरीले केही बताएको छैन ।

हत्या अनुसन्धानका लागि ११ गतेनै जुम्ला, कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली मुगु पुगेर अनुसन्धान गरिरहेको छ। प्रहरी हत्याराको करिब(करिब नजिक पुगिसकेको जिप्रका मुगुमा प्रमुख प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले बताएका बताएका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस