मुगुमा हत्या गरिएका चारैजनाको दाहसँस्कार

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० कार्तिक १७, शुक्रबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

कात्तिक १७,काठमाडौँ । छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा सामूहिक हत्या गरिएका चारैजनाको शुक्रबार दाहसँस्कार गरिएको छ। घटना भएको आठ दिन र शवको पोष्टमार्टम भएको चार दिनपछि मात्रै चारैजनाको सामूहिक दाहसँस्कार गरिएको हो।

‘जिल्ला अस्पतालमा शव राख्ने कोल्ड हाउस नहुँदा शव गल्दै गएकाले समयमै दाहसँस्कार नभए अस्पताल क्षेत्रमा दुर्गन्धित फैलिने त्रास थियो,’ चिकित्सक अर्जुन भामले भने। शुक्रबार विहान छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले मृतकका आफन्तलाई सम्झाइबुझाइ गरेपछि दिपक बोहोरा शव बुझ्न र दाहसँस्कार गर्न सहमत भएका थिए।

श्रीदेवी र ११ वर्षीय छोरा मनोजको शव जलाइएको छ भने ८ महिने छोरा रहर र ८ वर्षीया छोरी अप्सराको शव जमिनमा गाडिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस