प्राकृतिक विपत्तिसँग जुध्न भौतिक पूर्वाधारमा विशेष शतर्कता अपनाउन राष्ट्रपतिको आह्वान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर ६, बुधबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर ६, काठमाडौँ । प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका लागि राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा विशेष शतर्कता अपनाउनु जरुरी रहेको बताएका हुन् ।

बुधवारबाट काठमाडौंमा शुरु भएको एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय छाता संस्था इफाप्का इन्टरनेशनल फेडेरेशन अफ एशियन एण्ड वेस्ट्रन प्यासिफिक कन्ट्याक्टर्सको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

राष्ट्रपति पौडेलले कुनैपनि मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्वपूर्ण भुमिका खेल्ने गरेको बताए । उनले ‘पृथ्वी रहे मात्र हामी रहन्छौं’ भन्ने मान्यतालाई आत्मसात गर्दै प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका लागि आह्वान गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस