प्रधानमन्त्री प्रचण्ड र कतारका विदेश राज्यमन्त्री मुरैखीबीच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर ८, शुक्रबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर ८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुईपक्षिय सम्बन्धका बारेमा छलफल भएको थियो । त्यस्तै शुक्रबार नै राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखीको टोलीले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेको थियो ।

भेटमा परराष्ट्रमन्त्री साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि पहल गरिदिन आग्रह गरेका परराष्ट्रमन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस