राष्ट्रिय सभाका २० जनाको पदावधि सकिँदै, नयाँ मतभारसहित माघ दोस्रो साता निर्वाचन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर ९, शनिबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

मंसिर ९, काठमाडौँ । राष्ट्रिय सभाको आगामी निर्वाचनका लागि निर्वाचन आयोगले मतदाताको मतभार कायम गरेको छ । आयोगले राष्ट्रिय सभाका १९ सदस्यका लागि माघ दोस्रो साता निर्वाचन गर्ने तयारी गरेको छ । २०७८ को जनगणनाको तथ्यांकअनुसार मतदाताको मतभार पनि कायम गरेको छ ।

आयोगको बुधबारको बैठकले राष्ट्रिय सभाका मतदाता रहेका प्रदेशसभाका सदस्य र स्थानीय तहका अध्यक्षरउपाध्यक्ष तथा प्रमुखरउपप्रमुखको मतभार कायम गरेको हो ।

प्रदेशसभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम गरिएको छ । २०७८ को मतगणनाको प्रतिवेदन आउनुअघि राष्ट्रिय सभा निर्वाचक मण्डलका सदस्यहरू प्रदेश सांसदको मतभार ४८ थियो भने गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस