पूर्वराजाले आज झापामा शक्ति प्रदर्शनसँगै विशेष सम्बोधन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर ९, शनिबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

मंसिर ९, काठमाडौँ । मेडिकल व्यवसायी तथा गणतन्त्रविरोध अभियान्ता दुर्गा प्रसाईंले ‘व्यवस्था उल्टाई छाड्ने अठोट’ सहित देशभरिबाट काठमाडौँमा समर्थक भेला पारेर प्रदर्शन गरिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह भने काठमाडौँ छाडेर झापा पुगेका छन् ।

प्रसाईंका समर्थकहरू काठमाडौँका सडकमा ‘राजा आऊ, देश बचाऊ’ भन्दै व्यवस्था नउल्ट्यिाएसम्म आन्दोलन नरोकिने बताइरहेका बेला पूर्व मैदानमै उत्रिएर पूर्व राजाले बढाएको सक्रियता कम अर्थपूर्ण छैन । हिजो दिउँसो नै बुद्ध एयरको जहाजबाट झापा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले आज विशेष सम्बोधन गर्ने भएका छन् ।

झापाको बिर्तामोडमा आयोजित पृथ्वीनारायण शाहको शालिक अनावरण कार्यक्रममा पूर्वराजा शाहले विशेष सम्बोधन गर्न लागेका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहले आज झापाको बिर्तामोड पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको शालिक अनावरण गर्ने भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस